चितवन – बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाको ज्यान गएकाे प्रहरीले जनाएको छ । ज्यान गुमाउनेमा राप्ती नगरपालिका–१ पिप्लेकी २७ वर्षीया महिला रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका ९ घर भइ अहिले राप्ती नगरपालिका बस्ने ४५ वर्षीय पूर्णबहादुर घलानले बन्धन बनाएर शारीरिक यातना दिएकी ती महिलाको उपचारका क्रममा भरतपुर अस्पतालमा ज्यान गएकाे हाे ।
काठमाण्डाैबाट चितवन राप्ती नगरपालिका १ पिप्ले भाउजूको घर आएकी २७ वर्षीया महिला बाटो अलमलमा परेको बेला घलानले भा...