कञ्चनपुर : बाढीबाट प्रभावित शुक्लाफाँटा नगरपालिकाका परिवारले राहत सामग्री पाएका छन्।बाढी प्रभावित परिवारलाई आपतकालीन राहत सामग्रीमा मसिनो मेघा चामल ९२५ किलो, मिक्स दाल ९३ किलो, नुन ९१ प्याकेट, तोरीको तेल ९२ लिटर, चिनी ९२ किलो, चिउरा ९२ किलो, चना ९२ किलो वितरण गरिएको छ। खाद्य सामग्रीसँगै बाढी प्रभावित परिवारलाई त्रिपाल, म्याट्रेस, भाँडा सेट, बाल्टीलगायत सामग्रीसमेत वितरण गरिएको छ। ‘दशैंको मुखमै बाढीले खाद्यान्नसँगै झोपडीमा रहेका लत्ताकपडा सबै बगाएर बिचल्ली