वैदेशिक रोजगारीमा रहेकालाई विदेशमै कानुनी उपचारको सहज व्यवस्था हुनुपर्छ

नेपाली श्रमिकहरु रोजगारीको लागि विश्वका विभिन्न देशमा जानुहुन्छ । वैदेशिक रोजगारीको क्रममा दुई तीन वर्ष बस्नुहुन्छ । कोही लामो समयसम्म पनि बस्नुहुन्छ, कोही विभिन्न समस्या पर्दा छोटो समयमै फर्किन पनि बाध्य हुनुहुन्छ । त्यो सिलसिलामा उहाँहरु विभिन्न खाले कानुनी तथा आपराधिक उल्झनमा पनि पर्नसक्नुहुन्छ । विशेषगरि नेपाली श्रमिकहरुको विदेशमा कानुनी उल्झन तथा जेल सजायको विषयमा भन्नुपर्दा त्यसका दुई कारण छन् । पहिलो, कुनै गल्तीका कारण फौजदारी अभियोग लागेर मुद्दामामिला चल्ने र त्यो देशको कानुनअनुसार आफ्नो प्रतिरक्षा गर्नुपर्ने परिस्थिति ...