मोटरबाटो नपुगेको खेतीयोग्य जमिन धितोमा राखेर पनि ऋण पाइने भएको छ । नेपाल राष्ट्र बैङ्कले आज मंगलबार मौद्रिक नीति कार्यान्वयनका लागि जारी गरेको एकीकृत निर्देशनले यस्तो व्यवस्था गरेको हो ।‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाका नाममा जारी गरेको निर्देशनमा भनिएको छ, ‘२० लाखसम्म पर्ने मोटरबाटो नपुगेको खेतीयोग्य जमिनलाई पनि बैङ्क तथा वित्तीय संस्थाले धितोको रुपमा स्वीकार गर्न सक्नेछन् ।’बैङ्क तथा वित्तीय संस्थाहरूले यस्तो जमिन धितोमा राखे