सरकारले चीनसँगको सीमा नाकासम्म पुग्ने सडकलाई प्राथमिकता दिएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा गल्छी–रसुवागढी सडकलाई प्राथमिकतामा राखी १ अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । ‘गल्छी–त्रिशुली–वेत्रावती–मैलुङ–स्याफ्रुवेशी–रसुवगढी सडकको गल्छीदेखि स्याफ्रुवेशी खण्डको ६२ किलोमीटर दुई लेन कालोपत्रे गर्न र स्याफ्रुवेशीदेखि रसुवागढीसम्मको सडक स्तरोन्नति गर्न १ अर्ब ८५ करोड रुपैयाँ विनियोजन गरेको छु,’ आइतबार संसदमा आगामी आर्थिक वर्ष