उपराष्ट्रपति नन्दबहादुर पुनले कुनै पनि मुलुकको मौलिक पहिचान त्यहाँको भाषा र संस्कृतिमा निहित हुने बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले आइतबार प्रज्ञा परिसर कमलादीमा आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्सवको उद्घाटन गर्नुहुँदै उहाँले नेपाल प्रकृति र संस्कृतिको दृष्टिकोणले विश्वकै धनी राष्ट्र रहेको चर्चा गर्नुभयो ।
“प्रकृतिको अनुपम उपहारका रूपमा रहेको हाम्रो भाषा, संस्कृति, संस्कार हाम्रा गौरव मात्र होइन, विश्वसामु नेपालको चिनारी र पहिचान पनि हो”, उपराष्ट्रपति पुनले भन्नुभयो । उहाँले कुनै पनि भाषा बोल्ने समुदाय बहुसङ्ख्यक वा अल्पसङ्ख्यक भए पनि ती समुदायका ज्ञान विज्ञान, कला साहित्य, संस्कृति, इतिहासलगायतका सम्पदा विशिष्ट हुने विचार
व्यक्त गर्नुभयो ।