काठमाडौं : सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताबीच गठबन्धनलाई थप सशक्त बनाएर सरकार संचालन गर्ने सहमति भएको छ।शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा गठबन्धन थप प्रभावकारी बनाउँदै सरकार सञ्चालनमा सहयोग गर्ने सहमति भएको हो।बैठकमा सरकारका कामकारबाही प्रभावकारी बनाउने विषयमा सुझाव दिनका गठित कार्यदलले गरेको कामबारे समीक्षा भएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए।नेताहरुबीच मन्त्रिपरिषद् विस्तार, समसामयिक राजन