नेपाल एसबिआई बैंकलाई एबीएफ होलसेल बैंकिङ अवार्ड

नेपाल एसबिआई बैंकलाई सिंगापुरस्थित एसियन बैंकिङ एण्ड फाइनान्सिङले एबीएफ होलसेल बैंकिङ अवार्ड प्रदान गरेको छ । बैंकले उत्कृष्ट एवम् विश्वसनिय सेवा दिएको भन्दै सो अवार्ड प्रदान गरिएको हो ।सन् १९९३ मा स्थापना भएको नेपाल एसबिआई बैंकले ५१ जिल्लामा रहेका आफ्ना १२९ आउटलेटमार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।