राप्रपाले दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । जसअनुसार राप्रपाको राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महँगीविरुद्ध बुधबार देशभर ‘थाल ठटाउने’ कार्यक्रमको आयोजना गर्ने भएको हो ।पार्टीको आन्दोलन परिचालन समितिको सिफारिसमा केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय समितिले निर्णय गरेबमोजिम साउन महिनाभरि नै राप्रपाले संघर्षका विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ ।राप्रपा आन्दोलन परिचालन समितिका संयोजक बुद्धिमान तामाङले महँगीविरुद्धको देशव्यापी थाल ठटाउने कार्यक्रममा सहभागी भइदि