विकासले फड्को मार्योः बेड खोज्दै बिरामी जुम्ला आउन थाले

गत वैशाख १८ गते ९८४९६२७२५४ नम्बरमा फोन आयो, त्यहाँ जुम्लामा बेड छ कि नाई ? बेड छ, कताबाट हो, प्रतिष्ठानको उत्तर थियो । सुर्खेतबाट हामी बेड नपाएर भौतारिहरेका छौ । फोनमा कुराकानी मिलेपछि उनीहरु एका एक जुम्ला आए । आएर प्रतिष्ठानको वेडमा भर्ना गरेर उपचार भयो । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको भेन्टिलेटरमा भर्ना भई उपचार गरेका उनिहरु सन्चो भएर घर फर्किएका छन् । अहिले अन्य ठाउँमा अक्सिजन अभावमा बिरामी भौतारी रहेको समयमा जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जिल्ला वाहिरका विरामीलाई समेत साहारा दिईरहेको छ । सुर्खेतबाट जुम्ला आएका दुई जना बिरामी सञ्चो भएर फर्किएका छन् । कर्णाली प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डाक्टर राजिव शाहले शुरुमा आउदा कठिन थियो तर अहिले उहाँहरु कोरोना जितेर घर फर्किनु भएको जानकारी दिनुभयो । उहाँका अनुसार अक्सिजन आवश्यक पर्ने उहाँहरु सँगै १२ जनाले कोरोना जितेर घर फर्किसकिएका छन् । अन्य जुम्ला जिल्लाका हुनुहुन्छ । केहीको उपचार भईरहेको छ । उहाँले अक्सिजन आवश्यक रहेका विरामी मात्रै अव प्रतिष्ठानमा राख्ने गरेका र प्रतिष्ठानको टिम रातदिन खटिरहेको जानकारी दिनुभयो ।