विमल घर्ती मच्छिन्द्रमा अनुबन्धित

काठमाडौं : नेपाली फुटबलका पूर्व राष्ट्रिय खेलाडी विमल घर्तीमगर साविक च्याम्पियन मच्छिन्द्र क्लबमा अनुबन्धित भएका छन्। यसै महिनाको अन्त्यबाट सुरु हुने सहिद स्मारक ‘ए’  डिभिजन लिगमा क्लबहरू धमाधम खेलाडी अनुबन्धनमा ब्यस्त छन्।चोटका कारण झण्डै एक वर्षदेखि मैदान बाहिर रहेका विमल उपचारपछि चोटमुक्त हुँदै मच्छिन्द्रबाट पुन फुटबलमा फर्किन लागेका हुन्। विमलको आगमनले टोलीको मनोवल उच्च हुने क्लबले जनाएको छ। कतार विश्वपकप छनोटका लागि राष्ट्रिय टिमको बन्द प्रशिक्षणका क्रममा विमलले दायाँ घुँडा