कांग्रेस केन्द्रीय समिति बैठकमा १०औँ राष्ट्रिय खेलकुदको ‘सिग्नेचर गीत’

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको दोस्रो दिन आज १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ‘सिग्नेचर गीत’ बजाएर बैठक सुरु गरिएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मङ्सिर ७ गतेदेखि सुरु भएको प्रतियोगिताको औपचारिक उद्‌घाटन मङ्सिर १६ गते हुँदैछ । प्रतियोगितालाई भव्य र सफल बनाउन बैठकले स्थानीय पार्टी पङ्क्तिलाई सक्रिय रूपमा सहभागी हुन आह्वान गरेको छ । […]