साढे तीन वर्षदेखि युद्धग्रस्त मनोदशामा संकट थप्दै बज्ने ‘एयर अलर्ट’ कानमा पर्नासाथ रघुनाथ शाहको पहिलो काम भनेकै आफ्नो परिवारलाई घरको पाँचौँ तलाबाट हतारहतार बेसमेन्टमा पुर्याउने हुन्छ। त्यसपछि नजिकै रहेका हितैषी विमल दाहालको घरतिर शाहको नजर दौडिन्छ। एयर अलर्टपछि पनि सुत्ने कोठामा उज्यालो देख्नासाथ उनी विमललाई फोन लगाएर भनिहाल्छन्–‘तिम्रो बेडरुममा अझै बत्ती बलिरहेको देख्छु त! इरा […]
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ। बैठकमा आज सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुने बैठक केही बेरमा सुरु हुँदैछ। “बैठकमा सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नुहुनेछ। त्यसपश्चात् आजको बैठक स्थगन हुनेछ। भोलिबाट बैठक निरन्तर हुनेछ,” पार्टीका सहमहामन्त्री भिष्मराज आङ्दम्बेले बताए।
नेपाल वायुसेवा निगमले यात्रु सङ्ख्या कम भएको कारण अक्टोबर १९ को काठमाडौं–ग्वाञ्जाओ उडान रद्द गरिएको भन्ने समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशन भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ।