श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले असोज २६ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन खुला गरेको हो। यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी पहिलो चरणमा आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको थियो। अब भने सर्वसाधारण लगानीकर्ताहरूका लागि दोस्रो चरणमा प्रतिकित्ता १०० […]