बाढी प्रभावित विद्यार्थीलाई पाठ्यपुस्तक

रसुवा । भोटेकोशी बाढीबाट पाठ्यपुस्तक गुमाएका उत्तरगया गाउँपालिकाका विद्यार्थीलाई पठनपाठनमा सहजता ल्याउने उद्देश्यले एसिया नेपालले पाठ्यपुस्तक उपलब्ध गराएको छ । बाढीका कारण नीलकण्ठ माध्यमिक विद्यालय, डाँडागाउँ माध्यमिक विद्यालय, शिवालय आधारभूत विद्यालयलगायत अन्य विद्यालयमा अध्ययनरत धेरै विद्यार्थीका पाठ्यपुस्तक बगाएको र शैक्षिक गतिविधि प्रभावित भएको थियो । त्यसपछि उत्तरगया गाउँपालिकाको अनुरोधअनुसार एसिया नेपालले आवश्यक पाठ्यपुस्तक खरिद गरी […]