नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जात, धर्म र समुदायको नाममा विभाजनको राजनीति गर्नेहरुलाई रोक्न कांग्रेसलाई देशभरिबाट जनसमर्थन आवश्यक रहेको बताएका छन् । उनले सत्ता र राजनीतिमा सबै नेपालीले समान अवसर पाउने अवस्थाको सुनिश्चितता गर्न कांग्रेसले नेतृत्व गर्ने दाबी गरे ।