कोरोनाबाट हुने मृत्युदर रोक्न सिनोभ्याक खोप ८० प्रतिशत प्रभावकारी : चिली

चीनको सिनोभ्याक बायोटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपले कोरोनाभाइरसबाट हुने मृत्युलाई रोक्न ८० प्रतिशत प्रभावकारी देखिएको चिली सरकारले जनाएको छ। सिनोभ्याक खोप कोभिडका लक्षणयुक्त सङ्क्रमण रोक्न ६७ प्रतिशत प्रभावकारी रहेको, अस्पताल भर्ना रोक्न ८५ प्रतिशत सफल देखिएको तथा कोभिडका बिरामीलाई सघन उपचार कक्षमा भर्ना हुनबाट रोक्न ८९ प्रतिशत सफल रहेको शुक्रबार सार्वजनिक गरिएको अध्ययनले देखाएको छ। चिलीमा सिनोभ्याक खोपको नमूना परीक्षणलाई सफल तुल्याउने चिलीका उप व्यापार मन्त्री रोड्रिग