अनौठो रोगले ४५ भेडा मरे, जिल्लामा छैनन् पशु चिकित्सक

ताप्लेजुङको सिदिङवा गाउँपालिका २ सादेवाका टोपबहादुर बुढाथोकी र हिमकुमार राई यतिबेला जीवनभरको मेहनत चौपट हुने त्रासमा छन् । सादेवा बस्तीका गोठमा ७ दिनमै २१ वटा भेडा मरिसके भने ८१ गर्भवती भेडाको गर्भ तुहियो । असोजदेखि भेडा मर्ने र गर्भपतन तुहिने समस्याले अहिलेसम्म सबै उमेर समूहका गरी ४५ वटा भेडा मरिसकेको बुढाथोकी बताउँछन् ।