काठमाडौँमा दिनको समयमा घरमा चोरी गर्ने गिरोह पक्राउ

काठमाडौँ उपत्यकाभित्र दिनको समयमा मानिसहरू घरमा नभएको मौका पारेर चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरुले  घरमा नभएको मौकामा ढोका फोडी नगद, मोबाइल तथा सुन चाँदीका गरगहना चोरी  गर्ने गरेका  थिए ।गत असार १६ गते गोकर्णेश्वर नपा वडा नं ६ नारायणटारमा चोरी भएको घटनामा संलग्न रहेका मानिसको खोजतलास गर्ने क्रममा चोरीमा संलग्न नुवाकोट विदुर घर भएका बुद्धवीर तामाङलाई चोरी गर्दा लगाएको कपडासँग मिल्दोजुल्दो हुलियासहित २१ गते नयाँ बानेश्वरबाट प्रहरीले पक्राउ गरेको