दोहोरो मारमा तोक्पेगोलावासीः देशको विकासबन्दी, चीनको सीमाबन्दी

इटहरी । ताप्लेजुङको उत्तरी सिमाना तोक्पेगोलाका तेन्जिङ शेर्पा ६३ वर्ष पुगे । बाल्यकालदेखि अहिलेसम्म उनले गाउँ छाडेका छैनन् । उनी गाउँको सौन्दर्यको वर्णन गरेर अहिले पनि थाक्दैनन् । गाउँका प्राकृतिक सम्पदाले उनी आफै मोहित छन् । गाउँका सोदु पोखरी, फेम्फेमा झरना, भूत पोखरी, साउन महिनामा लाग्ने ढोक्प्या छिसी नामक जात्राको बखान गर्न उनी छुटाउँदैनन् । […]