उखुबारीमा शव फेला प्रकरणः ३ जना पक्राउ, भारतीय अपराधी प्रयोग गरेर हत्या

मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिक उखुबारीमा गाडेको अवस्थामा फेला परेका २ जनाको हत्या गर्ने ३  जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार अनिल कुमार मण्डललाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेर मोरङ अनुसन्धानका लागि पठाएको छ भने मोरङमा अन्य २ जना पक्राउ परेको स्रोतले लोकान्तरलाई बतायो ।  उनीहरुले भारतीय अपराधिक समूह प्रयोग गरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।  ललितपुरमा शव फेला परेका ललितपुरको धापाखेलमा व्यवसायी तेह्रथुम घर ...