काठमाडौं । गृहमन्त्रीको रुपमा तेस्रोपटक पदभार समालेका रामबहादुर थापा ‘बादल’ले मनसुनले निम्त्याउने जोखिम न्यूनिकरणका लागि पूर्वत तयारी गर्ने निर्णय गरेका छन् । नजिकिँदै गरेको मनसुनजन्य विपदको जोखिम न्यूनिकरण, पूर्वतयारी र व्यवस्थापन गरेर क्षति न्युनिकरण गर्ने निर्णयमा बादलले शुक्रवार हस्ताक्षर गरेका हुन् ।राष्ट्रिय विपद प्रतिकार्यका लागि गृहमन्त्रीले सहयोगी निकायसँग वर्तमान महामारीको प्रतिकार्य र मनसुनजन्य विपदको जोखिम न्यूनिकरण र पूर्व तयारीका लागि सहकार्य गर्न सकिने प्रस्ताव पारित ग