कोरोनाबाट रोजगारी गुमाएका परिवारहरूलाई खाद्यान्न सहयोग

पहिले भूकम्पबाट र अहिले कोरोनाबाट रोजगारी गुमाएका परिवारहरूलाई गैरसरकारी संस्था गुथिले भत्सल इम्पेक्स प्रा.लि. (साओमी फोनका अधिकृत बिक्रेता)को आर्थिक सहयोगमा एक महिनाका लागि ३० परिवारलाई खाद्यान्न सहयोग गरेको छ । ‘शहरी मध्यम वर्गका मानिसहरु आफ्नो अवस्थालाई समाजमा देखाउन हिच्किचाउने गर्दछन् र मानसिक रुपमा विक्षिप्त हुन्छन् । शहरी गरिबीलाई न्यूनीकरण गर्नका लागि यस्ता परिवारको पहिचान हुनु जरुरी छ,’  गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले भने । भत्सल इम्पेक्सका प्रबन्धक नितेशकुमार मुन्द्राले कम्पनीको सामा...