आजकलको व्यस्त जीवनशैलीका कारण मानिसहरू स्वास्थ्यमा ध्यान दिन पाइरहेका छैनन् । त्यसले गर्दा धेरै मानिस मोटे भइरहेका छन् ।
त्यसो त पेट घटाउन केही मानिस बिहान हिँड्ने गरेका छन् । तर औसत हिँडाइले केही पनि फरक पार्दैन । तर तपाईं छिटो हिँड्ने (ब्रिस्क वाक) गर्नुभयो भने स्वास्थ्यलाई निकै लाभ हुन्छ । हप्ताको पाँच दिन छिटोछिटो हिँड्दा तौल घट्न सहायता पुग्छ ।
छिटो हिँड्दा हुन्छन् यस्ता फाइदा :
दिमाग तीखो
तपाईं छिटछिटो हिँड्दा रक्तसञ्चार तीव्र गतिमा हुन्छ । त्यसले गर्दा दिमागका कोशिकाहरूमा अक्सिजन र पोषक तत्त्व पुग्छ । अनि दिमा...