सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न अनुमति

काठमाडौं : जिल्ला अदालत, काठमाडौंले बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न अनुमति दिएको छ।सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले ७ दिन धेरै हुने भएकाले ३ दिन मात्र दिनुपर्ने माग गरे पनि अदालतले ५ दिनको म्याद दिएको जानकारी दिए। बयान दिने काम आधा सकिसकेको पनि उनले बताए। गत असोज २० गते विमानस्थलबाट पक्राउ गरी गौशाला हिरासतमा राखिएका उनलाई अनुसन्धानका लागि सात दिनको दिइएको थियो। सात दिन सकिएसँगै प्रहरीले उनलाई आज अदालत उपस्थित गराएको हो। गत भ