चाडबाड अझ विशेषतः दसैं, तिहारमा अधिकांश नेपालीलाई शुभकामना आदानप्रदान, खानपिन, रमाइलो र भेटघाटमा भ्याइनभ्याइ हुन्छ । तर चिकित्सकहरू भने ड्युटी गर्न, बिरामीका जिज्ञासा सुन्न र अस्पतालबाट आउने बोलाहटले हैरान बन्छन् । दसैंको समयमा उच्च रक्तचाप, मुटु र पेटजन्य समस्या अपच, पखाला तथा निद्राजन्य बिरामीको संख्या ह्वात्तै बढ्छ र यो वर्ष पनि त्यस्तै रह्यो ।