दार्चुला – जिल्ला प्रशासन कार्यालयले माघ ७ गतेदेखि सर्वसाधारणले अनिवार्य खोप कार्ड बोक्नुपर्ने आदेश दिएको छ । प्रशासनले सात बुँदे आदेश जारी गर्दै सर्वसाधारण सबैमा अनिवार्य खोप कार्ड बोक्न तथा मोबाइलमा देखाउन आदेश गरेको हो ।
प्रशासनले आदेश गरे पनि जिल्लामा कोरोनाविरुद्ध लगाइने खोपको भने अभाव छ । हिजो बिहीवार जिल्लाका कुनै पनि ठाउँमा कोरोना खोप थिएन । ‘कोरोनाको खोप सकिएको छ’, स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्कीले भन्नुभयो, ‘अहिले खोप माग गरिएको छ, एक–दुई दिनभित्र खोप जिल्ला प...