कोरोना संक्रमण र खेल मैदानका कारण तीन वर्षदेखि रोकिएको ताप्लेजुङ गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुँदै छ । भानुजन माविको मैदानमा हुने उद्घाटन खेलमा आयोजक ताप्लेजुङको तर्फबाट मानाभारा स्पोर्टिङ क्लब र सुनसरी इटहरीको जुट विकास फुटबल एकेडेमी आमनेसामने हुनेछन् ।