जनकपुरधाम – मंसिर ४ मा हुने निर्वाचनका लागि खटिएका कर्मचारी निर्वाचन सामग्री बुझेर निर्वाचनकेन्द्रतर्फ लागेका छन्। बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालय जनकपुरधाममा पुगेर कर्मचारीले निर्वाचन सामग्री बुझेका हुन्। मतदानको दिन आवश्यक पर्ने सामग्री वितरण गर्न सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रदेश निर्वाचन कार्यालयले ५२ प्रकारका सामग्री वितरण गरेको प्रदेश निर्वाचन कार्यालय मधेश […]