दाङ – चाडपर्वको समयमा हुन सक्ने सम्भावित गाडी दुर्घटनालाई रोक्न दाङ ट्राफिक प्रहरीले सवारी चेकजाँचलाई तीव्रता दिएको छ । दाङ बाहिरिने तथा भित्रिने र विभिन्न स्थानीय रुटमा चल्ने मोटरसाइकल, स्कुटी, जिप, कार, बस, ट्रक, ट्रयाक्टर रोकेर चेकजाँच गर्ने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।
तीव्र गतिमा गाडी चलाउनेलाई टाढैबाट राडर गन (गति मापन यन्त्र) हान्न थालेको छ । प्रहरीले घरको छत तथा साइडबाट राडर गनको माध्यमले गाडी कुन गतिमा गुडेको छ पत्ता लगाउन थालेको छ । तीव्र गतिमा गाडी चलाउनेलाई ठाउँको ठाउँ कारबा...