काठमाडौँ । नेकपा (एमाले)का सांसद रघुजी पन्तले आफ्नो राष्ट्रिय स्वार्थ र कूटनीतिलाई ध्यान दिएर परराष्ट्र नीति सञ्चालन गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्र मन्त्रालयलगायतका विनियोजित शीर्षकमाथिको छलफलमा भाग लिँदैै सांसद पन्तले सार्वभौम समानता र राष्ट्रिय स्वाधीनतामा आधारित रहेको नेपालको गौरवमय इतिहास र पञ्चशीलको परराष्ट्र नीति भएको मुलुकको छविलाई अन्तर्राष्ट्रियस्तरमा कायम राख्न आग्रह […]