जब इटलीबाट भारत आएका दुई विमानका २९८ यात्रुमा देखियो कोभिड-१९ को संक्रमण...

इटलीबाट भारत आइपुगेको दुई विमानका २९८ यात्रुमा कोभिड-१९ को संक्रमण पुष्टि भएको ल्याव रिपोर्ट आएसँगै भारतीय अधिकारीहरुले निजी प्रयोगशाला माथि छानविन सुरु गरेको छ। गत साता दुई विमानबाट ती यात्रु भारतको अमृतसर विमानस्थल आइपुगेका थिए।  रोमबाट आएको विमानका कम्तिमा १७३ यात्रु र मिलानबाट आएका १२५ यात्रुमा कोभिड-१९  को संक्रमण पुष्टि भएको थियो।…