काठमाडौं । सत्तारूढ घटक नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालले आर्थिक संकटको मारमा परेका बखत कृत्रिम अभाव सृजना गरी मूल्यवृद्धि र कालोबजारी भएकोतर्फ सरकारको ध्यानाकर्षण गरेको छ । युवा संघका संयोजक कृष्ण विश्वकर्माको नेतृत्वको टोलीले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई ज्ञापनपत्र बुझाउँदै उक्त ध्यानाकर्षण गराएको हो । मन्त्रीलाई ध्यानाकर्षणपत्र दिनुका साथै माग सम्बोधन […]