नीमको आर्थिक उपयोगिता

नेपाल प्राकृतिक स्रोतसाधन र सुन्दरताले भरिपूर्ण राष्ट्र हो । समग्र नेपालीको जीविकोपार्जन, विकास र प्रगतिमा यहाँ रहेको प्राकृतिक सम्पदाको उचित व्यवस्थापन र दिगो उपयोगको महत्त्वपूर्ण भूमिका रहन्छ । प्राकृतिक सम्पदामध्ये वनजंगल तथा यसभित्र पाइने अलौकिक तथा अद्वितीय जडीबुटी तथा गैरकाष्ठ वन पैदावरको महत्त्वपूर्ण स्थान रहेको छ । देशभित्र पाइने सूचीकृत करीब ७०० प्रजातिका जडीबुटीजन्य वनस्पति नेपाल र नेपालीका लागि मात्र होइन, समग्र जीवजन्तु, मानवजाति र विश्व समुदायलाई प्रकृतिका तर्फबाट दिइएको अद्वितीय उपहार हो । नीम विभिन्न औषधि, कीटनाशक औषधि, साबुन, सेम्फु, दन्तमञ्जन तथा विभिन्न सौन्दर्य प्रसाधन सामग्री लोसन, क्रिम आदि बनाउनसमेत प्रयोग हुने भएकाले यसको माग नेपाल, भारत तथा विश्वभरि बढ्दो छ । अपार सम्भावना बोकेको महत्त्वपूर्ण जडीबुटी र गैरकाष्ठ वन पैदावार देशको समग्र र समावेशी विकासका महत्त्वपूर्ण साधन हुन् । वर्षेनि अर्बौं धनराशीको विभिन्न गैरकाष्ठ वन पैदावार विदेश निकासी भइरहेको छ । देशका ग्रामीण एवं दुर्गम भेगका असंख्य नेपालीहरूको नगद आम्दानी एवं जीविकोपार्जनको प्रमुख आधार गैरकाष्ठ वन पैदावारको संकलन तथा विक्री वितरणबाट अर्बौं धनराशी वर्षेनि भित्रिने गरेको छ । यार्सागुम्बालगायत अन्य महत्त्वपूर्ण जडीबुटीको विक्री वितरणबाट दार्चुला, जुम्ला तथा डोल्पाजस्ता जिल्लामा करोडाैं रुपैयाँ वर्षेनि जिल्ला भित्रिने गर्छ । बहुउपयोगी जडीबुटी तथा गैरकाष्ठ वन पैदावार ‘नीम’ को आर्थिक लाभबारे धेरैको ध्यान गएको पाइँदैन । नीमको स्थानीय नाम नीम हो । यसको अंग्रेजी नाम मारगोसा ट्रि र वैज्ञानिक नाम अजाडिरक्टा इन्डिका हो । मेलिएसी वानस्पतिक परिवारमा पर्ने यो वनस्पति १५ देखि २० मीटरसम्म भएको सदावहार रूख प्रजातिको बिरुवा हो । बहुउद्देश्यीय बिरुवा नीम धेरै पहिलेदेखि पहिचान भएको र समाजमा विभिन्न रोगमा औषधिका रूपमा प्रयोग हुँदै आएको छ । यसका सबै भाग जरा, काण्ड, बोक्रा, पात, फूल र फल आदि परापूर्वकालदेखि विभिन्न औषधिको रूपमा प्रयोग गरिँँदै आएको पाइन्छ । यसको महŒव र बहुउपयोगको कारण संयुक्त राष्ट्रसंघद्वारा नीमलाई ‘२१आँं शताब्दिको रूख’ भनेर घोषणा गरिएको छ । नीम विभिन्न किसिमको माटोमा हुन सक्ने गुण भएको बिरुवामा पर्छ । यो बिरुवा चिस्यान, सुक्खा ठाउँ, ढुंगा मिसिएको माटोमा र पीएच १० सम्म भएको माटोमा राम्रोसँग सप्रन सक्छ । यसले जमीनको उर्वर शक्ति बढाउनुका साथै जमीनमा चिस्यान कायम राख्छ । यसको जरा जमीनभित्र धेरै तलसम्म जाने र आफूलाई चाहिने पानी लिन सक्ने भएकाले सुक्खा ठाउँहरूमा राम्रोसँग हुर्किन्छ । यसको खेती गर्दा बीउबाट बिरुवा तयार गरी रोप्ने प्रचलन रहेको छ । रूखमा पाकेर हरियो पहेँलो भएका बीउहरू संकलन गरी केही घण्टा पानीमा भिजाएर बाहिरको गुदी फाली संकलन गरेको ३ देखि ५ दिनभित्र नर्सरीमा राखिसक्नु पर्छ । साथै यसको प्रसारण गर्दा नीमको रूखलाई असर नपर्ने गरी साना साना बाहिरी जराहरू काटी जराको कलमीबाट तथा काण्डबाट पनि बिरुवा उत्पादन गर्न सकिन्छ । यसको खेती गर्दा सोझै बीउहरू छरेर गर्ने प्रचलन पनि रहेको छ । तर, सबैभन्दा सफल तरीका भनेको नर्सरीमा बिरुवा उमारी खेती गर्नु नै हो । नीममा फूल, पात, काण्ड, जरा आदि खाने कीराहरूको प्रकोप देखिन्छ र यी कीराबाहेक ढुसीहरूले पनि आक्रमण गर्ने हुँदा ढुसी तथा कीराहरू मार्न विभिन्न जैविक कीटनाशक औषधि प्रयोग गर्न सकिन्छ । नीमले रोपेको ५ वर्षदेखि फल दिन शुरू गर्छ । एउटा छिपिएको रूखबाट सरदर ३५० किलोग्राम पात र ५० किलोग्रामसम्म फल उत्पादन हुने गर्छ । बहुउपयोगी रूख नीमको सम्पूर्ण भाग औषधिका रूपमा प्रयोग गर्न सकिन्छ । यसका पातहरूमा केल्सियम, म्याग्नेसियम, फलाम, फस्फोरस, प्रोटिन, भिटामिन ए आदिका साथै एजाडिटिन, क्वरेसेटिन, नोमिसिनल आदि पाइन्छन् । यसका पातहरू आँखा, किड्नी, छाला सम्बन्धी रोगमा प्रयोग गरिने औषधि बनाइन्छ । यसका फलहरू उत्तेजना बढाउने, पेटको दुखाई निको पार्ने र शक्तिवर्धक औषधि बनाउनमा पनि प्रयोग गरिन्छ । फूलबाट निकालिएको तेल छालाको रोगमा धेरै उपयोगी मानिन्छ । फूलबाट बनेको मह केटाकेटीको स्वास्थ्यका लागि उपयुक्त मानिन्छ भने बीउबाट निकालिएको तेल कुष्ठरोग, लुतो, बाथ रोग आदिमा प्रयोग गरिन्छ । यसको मुख्य काण्डको बोक्रा ज्वरो, बान्ता आउने, छालाको रोगका साथै विच्छु तथा सर्पले टोक्दा प्रयोग गरिने औषधि बनाउनमा प्रयोग गरिन्छ । नीममा विभिन्न १० प्रजातिका कीरा मार्ने कीटनाशक गुण भएकाले जैविक कीटनाशक औषधिका रूपमा पनि प्रयोग गरिन्छ । यसको पात वा गेडाको खाद्य भण्डारण गर्दा र कपडा राखिने ठाउँहरूमा कीटनाशक औषधिका रूपमा प्रयोग गरिन्छ भने तरकारी, फलफूल आदिका बिरुवामा हानिकारक कीरा तथा रोग आदि निवारणमा कीटनाशक औषधिका रूपमा पनि नीमको प्रयोग गरिन्छ । निष्कर्षमा नेपाल वन र वनस्पतिको दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण छ । यहाँ पाइने करीब ७०० प्रजातिको गैरकाष्ठ वन पैदावार तथा जडीबुटीबाट पर्याप्त आम्दानी तथा लाभ लिनसक्ने सम्भावनाका हुँदाहुँदै पनि राष्ट्र तथा स्थानीय स्तरमा उल्लेखनीय रूपमा यसको लाभ लिन सकिएको छैन । उपलब्ध गैरकाष्ठ वन पैदावारहरूलाई वैज्ञानिक अध्ययन, दिगो व्यवस्थापन, व्यावसायिक खेती, मूल्य अभिवृद्धि तथा बजार प्रवद्र्धनद्वारा स्थानीय समुदायको आयस्तामा वृद्धि, रोजगारी सृजना र गरीबी न्यूनीकरणका लागि एउटा भरपर्दाे आधार बनाउन सकिन्छ । यसका लागि सम्बद्ध निकाय सदा क्रियाशील र समर्पित रहनु पर्छ । अतः नीम विभिन्न औषधि, कीटनाशक औषधि, साबुन, सेम्फु, दन्तमञ्जन तथा विभिन्न सौन्दर्य प्रसाधन सामग्री लोसन, क्रिम आदि बनाउनसमेत प्रयोग हुने भएकाले यसको माग नेपाल, भारत तथा विश्वभरि बढ्दो छ र नेपालको हावापानी र प्राकृतिक तथा भौगोलिक बनावटका आधारमा हाम्रो देशमा नीम खेतीको प्रचुर सम्भावना रहेको छ । नीम खेतीको यस सम्भावनालाई योजनाबद्ध तरीकाबाट तिनै तहको सरकारले व्यावसायिक रूपमा विकास गरी नेपालमा रहेका विभिन्न आयुर्वेदिक औषधालय तथा कीटनाशक औषधि कम्पनीहरूमा यसको मागलाई पूर्ति गर्न सके देशैमै रोजगारीको सृजना गरी देश आर्थिक चलायमान बनाउन सकिने थियो । लेखक डा. अधिकारी गुणस्तर जीवन विषयमा विद्यावारिधि हुन् ।

सम्बन्धित सामग्री

आर्थिक आत्मविश्वास

मुलुक ‘समाजवाद उन्मुख’ हो भने त्यसका निम्ति देशले आर्थिक उन्नति गर्नैपर्छ। आर्थिक उन्नति नगरी कसरी सबैतिर वितरण गर्न सकिन्छ ? कसरी शिक्षा र स्वास्थ्यमा सबै नागरिकलाई सहज पहुँच दिन सकिन्छ ?...

आर्थिक सर्वेक्षणः आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्रै (पूर्णपाठ सहित)

काठमाडौँ – चालु आर्थिक वर्ष २०७९÷८० मा देशको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्रै हुने पक्षपण सरकारले गरेको छ। आर्थिक वर्ष सकिन डेढ महिना मात्रै बाँकी हरेको अवस्थामा अर्थमन्त्री डा. रामशरण महतले आइतबार संसदमा पेश गरेको आर्थिक सर्वेक्षणमा देशको आर्थिक वृद्धिदर २.१६ प्रतिशत कायम हुने जनाएको हो। गत वर्षभन्दा देशको आर्थिक वृद्धिदर आधाले घट्ने अनुमोदन सरकारले […]

आर्थिक वृद्धिमा संकुचन

यसअघि आफैंले गरेको अनुमानलाई घटाएर एसियाली विकास बैंक (एडीबी)ले चालू आर्थिक वर्ष २०७९/०८० मा नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । यसअघि एडीबीले अप्रिलमा नेपालले ५ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्ने प्रक्षेपण गरेको थियो ।गत आर्थिक वर्षमा ५.८ प्रतिशत रहेको आर्थिक वृद्धिदरमा चालू आर्थिक वर्षमा केही संकुचन आउने अनुमान गर्दै एडीबीले […]

चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने अनुमान

कोभिड-१९ महामारीको प्रभाव न्यून भई आर्थिक-सामाजिक जीवन क्रमश: सामान्य बन्दै गएको बताउँदै चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने अनुमान अर्थ मन्त्रालयले गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको आर्थिक सर्वेक्षणमा बेमौसमी बर्षाको कारण धानवालीमा हुन गएको क्षति एवं कोभिड-१९ को ओमिक्रोन भाइरसको प्रभावले गर्दा लक्ष्यअनुसारको आर्थिक वृद्धि दर हासिल हुन भने नसकेको उल्लेख छ । सर्वेक्षणमा भनिएको छ, 'यद्यपि, बाह्य क्षेत्र बाहेकका आर्थिक परिसूचकहरू सन्तोषजनक नै रहेका छन्। अर्थतन

चालु आर्थिक वर्ष ५.८४ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण

चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने केन्द्रीय तथ्याङ्क विभागले प्रक्षेपण गरेको छ । विभागले आर्थिक वृद्धिदरमा योगदान दिने विभिन्न पक्षको तथ्याङ्क केलाउँदै यसवर्ष अधिकतम ५.८४ प्रतिशतको आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको हो । जुन अघिल्लो आर्थिक वर्ष २०७७/७८ को भन्दा बढी हो । गतवर्ष सोही अवधिमा कोभिड–१९ का बीच ३.८३ प्रतिशतको आर्थिक वृद्धिदर भएको थियो ।बिहीबार थापाथलीस्थित विभागको आफ्नै सभा हलमा आयोजित पत्रकार सम्मेलनमा मार्फत चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर प्रक्षेपण गरेक

चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ४ प्रतिशतभन्दा कम

काठमाडौं। चालू आर्थिक वर्ष २०७७/७८को आर्थिक वृद्धि ४ प्रतिशतभन्दा कममा सीमित हुने भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै आर्थिक वृद्धिदर ४ प्रतिशत पनि नपुग्ने बताएका हुन्। सरकारले चालू आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको थियो। तर कोरोनाका कारण केन्द्रीय तथ्यांक विभागले ४.०१ प्रतिशत हुने संशोधित अनुमान गरेको थियो।

आर्थिक नीति

मुलुकको आर्थिक विकास एवं व्यवस्थापन सम्बन्धी प्रचलित सार्वजनिक नीतिलाई नै आर्थिक नीति भनिन्छ । यसलाई समग्र नीतिको आर्थिक आयामको रूपमा पनि लिइन्छ । नेपालको आर्थिक नीति, संविधान चालु आवधिक योजना, प्रत्येक वर्षको आर्थिक एन र बजेट एवं सरकारद्वारा गठित विभिन्न आर्थिक सुधार कार्यदल, सार्वजनिक खर्च व्यवस्थापन कार्यदल जस्ता आयोग, समिति कार्यदलका सुझावहरू र सरकारद्वारा बेलाबेलामा […]

प्रादेशिक आर्थिक वृद्धिमा लुम्बिनी अगाडि

आर्थिक वर्ष ०७७/७८ मा सबै प्रदेशको आर्थिक वृद्धिदर गत आर्थिक वर्षको तुलनामा बढ्ने अनुमान गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रथम

आर्थिक वृद्धिदरमा सुधार आउने

कोरोना कहरका बीच पनि आर्थिक वृद्धिदरमा सुधार आउने अनुमान केन्द्रीय तथ्यांक विभागले गरेको छ । विभागले चालू आर्थिक वर्षको आर्थिक वृद्धिमा सुधार भएर ३.९८ प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको हो ।वैशाख महिनासम्मको आर्थिक गतिविधिलाई अध्ययन गरेर विभागले चालू आर्थिक वर्षको आर्थिक वृद्धि अनुमान गरेको हो । गत आर्थिक वर्ष कोरोना कहरकै कारण १.९९ प्रतिशत श्रृणात्मक […]

आर्थिक समृद्धिका अन्तर्वस्तु

आर्थिक समृद्धिको चाहना राख्ने मुलुकले वैज्ञानिक आर्थिक योजना तयार गरी कार्यान्वयन गर्ने क्षमता वृद्धि गर्न सक्नुपर्छ । आर्थिक स्तरोन्नति कुनै पनि मुलुकको सपना र दीर्घकालीन लक्ष्य मानिन्छ, तथापि आर्थिक स्तरोन्नतिका निश्चित अन्तर्वस्तुहरू हुन्छन् । अथवा धेरै चिजहरूको तारतम्यमा मात्र आर्थिक स्तरोन्नतिको मूल फुट्न सक्छ । मुलुुकको भौैगोलिक बनावट, प्राकृतिक स्रोतसाधनको उपलब्धता, नेता, नेतृत्व, राज्यको कार्यसंस्कृति, […]