काठमाण्डाै - लगातार पहिरो खसिरहेकाले नारायणगढ–मुग्लिन सडक खुलाउन कठिनाइ भएको छ । हिजो दिउँसो साढे १ बजेदेखि चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा लगातार पहिरो खसिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सडकमाथिबाट ठूला–ठूला ढुङ्गा खसिरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरो हटाउन पाँच वटा डोजर तयारी अवस्थामा राखिएको छ । तर, वर्षासँगै पहिरो नरोकिएकाले सडक खुलाउन सकिएको छैन ।
पानी परिरहे आज दिनभरि नै यो सडकमा समस्या हुन सक्ने इलाक...