२५ पुस, काठमाडौं । गायक योगेश्वर अमात्यको १२ विगाहा जमिन किर्ते कागजातका भरमा अर्कैका नाममा दर्ता हुने खेलबाट अन्तिम चरणमा जोगिएको छ । उनको जग्गाका नाममा फर्जी कागजात तयार गरी अर्कै समूहले १९ करोड रुपैंया ऋण लिएको हो । त्यो घटना सार्वजनिक हुनासाथ जग्गा अर्काको नाममा दर्ता हुने जोखिम रोकियो । प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले […]