राजदूत सिफारिसमा फेरि मनपरी

सरकारले पोर्चुगलका लागि नयाँ राजदूत नियुक्ति सिफारिसमा फेरि मनपरी गरेको छ । परराष्ट्र मामिला र अन्तर्राष्ट्रिय सम्बन्ध बुझेका व्यक्तिलाई सिफारिस गर्नेभन्दा पनि कुनै नेतासँग नजिक भएका र पार्टीमा काम गरेकै आधारमा नयाँ राजदूत नियुक्तिका लागि सिफारिस गरिएको हो ।