काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली सेनामा माओवादीका पूर्व लडाकुको चलखेल स्वीकार्य नभएको बताएका छन् । माओवादी लडाकुबाट समायोजन भई सहायक रथी बनेका यमबहादुर अधिकारीलाई उपरथीमा बढुवा गर्ने र प्रधानसेनापति बनाउने खेलमा सेना नेतृत्व लागेको आरोप छ । अधिकारीको पदावधि थपेर सेनापति बनाउने बाटोमा प्रचण्ड सरकार पुगेपछि कोइरालाको यस्तो टिप्पणी आएको हो […]