काठमाडौँ । सरकारले थप ४ जना सहसचिवको सरुवा मिलान गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही मन्त्रालयसहित अतिरिक्तमा रहेका सहसचिवहरूको सरुवा मिलाएको हो । मन्त्रालयले निजामती कितावखानाको महानिर्देशकको जिम्मेवारी बाबु राजा श्रेष्ठलाई दिएको छ । तत्कालीन महानिर्देशक नेत्र सुवेदीको प्रदेश सचिवमा सरुवा भएसँगै रिक्त कितावखानामा त्यहीकै उपमहानिर्देशक श्रेष्ठलाई महानिर्देशक बनाएको हो । […]