दीपेन्द्रसिंह ऐरी विश्व वरीयताको टप १० मा पर्ने पहिलो नेपाली क्रिकेटर बने

काठमाडौँ। नेपाली क्रिकेट खेलाडी दीपेद्रसिंह ऐरी आईसीसी टी–ट्वान्टी वरीयताको अलराउण्डरतर्फ टप १० मा परेका छन्। राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर ऐरी आईसीसीले जारी गरेको टी–ट्वान्टी वरीयताको अलराउण्डरतर्फ टप १० मा परेका हुन्। उनी वरीयताको शीर्ष १० मा पर्ने पहिलो नेपाली खेलाडी हुन्।