सेताम्मे कपाल र चाउरी परेको अनुहारले बुढ्यौली प्रस्ट्याइरहेको थियो । ९० वसन्त पार गरिसकेकी पनौती नगरपालिका ७ अघाटोलका आशमाया देउलाको एक हातमा चुप्पी र अर्कोमा निगाँलोको चोया थिए । तन्नेरी सरहकै जाँगर भएकी उनी यतिबेला छोरीबुहारीलाई पराम्परागत सीप सिकाइरहेकी छन् । बुढ्यौलीमा पनि उनका आँखा तेजिला छन् ।