कांग्रेसभित्र सत्ता गुमाएकाे झोंक : विशेष महाधिवेशन कति सम्भव?

काठमाडौं : हातमा आइपुगेको सत्ता फुत्किएसँगै नेपाली कांग्रेसभित्र तीव्र विवाद सतहमा आएको छ। संस्थापनइतर पक्षले पार्टी सभापति शेरबहादुर देउवाको राजीनामा र विशेष महाधिवेशनको माग गरिरहेको छ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गठबन्धन जोगाएर सत्ता जोगाउन नसकेपछि सभापतिबाट देउवाको राजीनामा मागिएको हो। कांग्रेसको विधानको धारा २६ को उपधारा (२) मा सभापतिले दिएको राजीनामा केन्द्रीय कार्यसमितिले स्वीकृत गरे उप–सभापतिले ६ महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउने प्रावधा