पोखरा – कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ। १५ हजार ८१ मत गन्दा रास्वपाका माधवप्रसाद कँडेलले ४७२४, एमालेकी विद्या भट्टराईले ४३३६, एकीकृत समाजवादीका श्रीनाथ बरालले २५०२ र राप्रपाका सुवर्णराज पन्तले १५६६ मत पाएका छन्। कँडेलले ३८८ मतको अग्रता बनाएका छन्। उक्त क्षेत्रमा ७९ हजार १३८ मत खसेको छ।