१०५ वटा औद्योगिक ग्रामको सूची राजपत्रमा प्रकाशित भएको छ । सरकारले विभिन्न समयमा घोषणा भएका तर औद्योगिक व्यवसाय ऐन अन्तर्गत राजपत्रमा सूचना जारी नभएका औद्योगिक ग्रामहरुको सूचना राजपत्रमा प्रकाशित गरेको हो । प्रकाशित औद्योगिक ग्राम मध्ये मुगु राराको औद्योगिक ग्राम भने घोषणा भएर पनि खारेज भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । स्थानीय तहमा उपलब्ध कच्चा पदार्थ, सीप प्रयोग र ज्ञान प्रयोग गरेर साना, घरेलु र लघु उद्योग खोल्ने र यसैबाट स्थानीय स्तरमा रोजगारी सृजना गरेर अर्थतन्त्रमा