लामो दूरीको यातायात खुलाउन मन्त्रिपरिषदमा सिफारिस

काठमाडौं : सर्तसहित लामो दूरीको सार्वजनिक यातायात खुलाउन कोभिड संकट व्यवस्थापन केन्द्र निर्देशक समिति (सीसीएमसी) ले मन्त्रिपरिषदमा सिफारिस गरेको छ।संक्रमणको परिस्थिती हेरेर लामो रुटमा चल्ने अन्तर–जिल्ला यातायातलाई खुलाउन सुझावसहित सिफारिस गरिएको सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले जानकारी दिए।संक्रमणको परिस्थिती हेरेर तत्कालका लागि सर्तसहित लामो दूरीको सार्वजनिक यातायात खुलाउन सिफारिस गरेको उनले बताए। लामो दूरीको यातायात खुलाउँदा अन्तर–जिल्ला सहजीकरण गर्नुपर्ने भएकाले मन्त्रिपरिषद