'आमालाई उपमेयरको कोसेली'

मातृ मृत्युदर र शिशु मृत्यदर कम गर्न बैतडीको दशरथचन्द नगरपालिकाले हजार दिनका आमालाई कोसेली दिन थालेको छ। आमा सुरक्षा कार्यक्रम अन्तर्गत पोषण सुधारको लागि घ्यू, चना, बदाम, काजु, साबुन, झोला लगायतका सामग्री दिन थालेको हो। नगरपालिकाका सबै वडाका करिब ९ सय गर्भवती र हजार दिनेभित्रका आमालाई कोसेली दिन थालिएको उपमेयर मीना चन्दले बताइन्।