पोखरिया अस्पताललाई ५० शय्याको बनाउन प्रदेश सरकारसामु माग

पर्साको पोखरिया नगरपालिकामा अवस्थित पोखरिया अस्पताललाई स्तरवृद्धि गरी ५० शय्या बनाउन प्रदेश सरकारसमक्ष माग गरिएको छ । हाल १५ शय्याको अस्पताललाई स्तरोन्नति गरी ५० शय्या बनाउन प्रदेश सरकारसमक्ष माग गरिएको पोखरिया नगरपालिकाका प्रमुख दीपनारायण रौनियारले जानकारी दिए । अस्पतालको स्तरोन्नतिसहित भौतिक संरचना वृद्धिबारे सामाजिक विकासमन्त्री नवलकिशोर साहसमक्ष छलफल गरिएको नगर प्रमुख रौनियारले जानकारी दिए । अस्पतालको हाल रहेको भवनमा माथिलो तल्ला थप गर्न मन्त्रालयसँग रकम निकासा गर्न समेत माग गरिएको छ । अस्पतालमा आवश्यक औषधिसहित शल्...