कोकोकोला र पेप्सी कम्पनीलाई पूर्वावस्थामा फर्कन कठिन

एजेन्सी। दुई ठूला सफ्टड्रिङ्क कम्पनी कोकाकोला र पेप्सीलाई आर्थिक वर्ष २०२१–२२मा महामारीभन्दा अघिको समयमा फर्कन असम्भवजस्तै भएको छ। यसको प्रमुख कारण कोरोनाको दोस्रो लहर हो। क्रिसिल रेटिङले शुक्रबार सार्वजनिक गरेको रिपोर्टमा २०२०–२१ को गर्मीयाममा भारतमा लकडाउनका कारण दुवै कम्पनीको आय २० प्रतिशत कम भएको थियो। संसारका अधिकांश मुलुक पुगेका कोकाकोला र पेप्सी दुवै अमेरिकी कम्पनी हुन्।

सम्बन्धित सामग्री

संगठनात्मक मनोविज्ञानको अपरिहार्यता

संगठनात्मक मनोविज्ञान आधुनिक कम्पनीहरूका लागि महत्त्वपूर्ण हुँदै गएको छ । कर्मचारीहरूलाई कामले कसरी खुशी बनाउँछ भनेर जान्न यसको प्रयोग गरिन्छ । तिनीहरू उत्पादकत्व र राजस्वमा चिन्तित छन् । कम्पनीहरू कम समयमा ज्यादा उत्पादनको चाहना राख्छन् । राम्रो कर्मचारी कुनै पनि कम्पनीका लागि ज्यादै आवश्यक हुन्छ । त्यसैले सबैभन्दा राम्रो उम्मेदवारलाई काममा राख्नु हरेक व्यवसायका लागि लाभदायक हुन्छ । संगठनात्मक मनोविज्ञानले कर्मचारीको दृष्टिकोण, व्यवहार र उनीहरूको चाहना पत्ता लगाउन धेरै ठूलो भूमिका खेल्छ । संगठनात्मक मनोविज्ञान के हो ? जेक्स–७ ब्रिट (२००८) अनुसार संगठनात्मक मनोविज्ञान औपचारिक संगठनात्मक सेटिङहरूमा व्यक्तिगत र समूहको व्यवहारको वैज्ञानिक अध्ययन हो । प्रत्येक कम्पनीले एक निश्चित हदसम्म संगठनात्मक मनोविज्ञान प्रयोग गर्छ । केही कम्पनीले विश्वास गर्छन् कि कर्मचारीको प्रसन्नता र भलाइले कम्पनीलाई फाइदा पुर्‍याउँछ, राम्रो कामको वातावरणलाई प्राथमकिता दिन्छ र कर्मचारीलाई नयाँ विचार व्यक्त गर्न आमन्त्रित गर्छ । बृहत् रूपमा भन्नुपर्दा, संगठनात्मक मनोविज्ञान यस्तो अध्ययन र अनुसन्धानको क्षेत्र हो, जसले कार्यालय स्थलमा मनोविज्ञानका वैज्ञानिक सिद्धान्तहरू र विधिहरूको विकास र अभ्यास गरिन्छ । यसले मानिसहरूको व्यवहार र मनोवृत्तिको विभिन्न पक्षसँग व्यवहार गर्छ । संगठनात्मक मनोवैज्ञानिकहरूले कार्यस्थलमा कर्मचारीहरूको व्यवहारमा ध्यान केन्द्रित गर्छन् । तिनीहरूले कार्यसम्पादन, सञ्चार, व्यावसायिकता सन्तुष्टि र सुरक्षासहित समग्र कार्यको वातावरण सुधार गर्न मनोवैज्ञानिक सिद्धान्तहरू र अनुसन्धान विधिहरू लागू गर्छन् । संगठनात्मक मनोविज्ञानको विकास औद्योगिक–संगठनात्मक मनोविज्ञानको अध्ययन संयुक्त राज्य अमेरिकामा सन् १९०० मा मनोवैज्ञानिक हुयूगो मुन्स्टरबर्ग र वाल्टर डिल स्कटको कामबाट उत्पन्न भएको थियो । औद्योगिक–संगठनात्मक मनोविज्ञानको संस्थापकका रूपमा श्रेय वाल्टर डिल स्कटलाई लिइन्छ । तर, बीसौं शताब्दीको अन्त्यमा औद्योगिक मनोविज्ञान वैज्ञानिक रूपमा देखा पर्‍यो । मनोविज्ञानको यो भागले कार्य व्यवहारका बारेमा सैद्धान्तिक र व्यावहारिक प्रश्नहरूमा वैज्ञानिक विधिहरू लागू गर्दै कर्मचारीको व्यावहारिक र मानसिक स्थितिका बारेमा अध्ययन गर्छ । अर्को मुख्य व्यक्तित्व हुन्, औद्योगिक इन्जिनीयर फ्रेडरिक डब्ल्यू टेलर । यिनको संलग्नता अप्रत्यक्ष थियो । जबकि मुन्स्टरबर्ग र स्कटले व्यक्तिहरूमा ध्यान केन्द्रित गरे, टेलरले आफ्ना वैज्ञानिक व्यवस्थापनका सिद्धान्तहरूबारे (न्यूयोर्क १९११) संघसंगठनमा ध्यान केन्द्रित गरे । तथापि टेलरका विचारलाई त्यस समयमा अस्वीकार गरियो । सन् १९३० ले महामन्दी ल्यायो र यसका साथमा सामाजिक अवरोध (बेरोजगारी) सृजना गर्‍यो । त्यसपछि यस क्षेत्रमा कर्मचारीको मनोविज्ञानको आवश्यकता महसूस गरियो । अर्थात् अध्ययनका नयाँ विषयहरू प्रदान गर्‍यो । उदाहरणका लागि स्वअवधारणामा बेरोजगारीको प्रभावलाई लिन सकिन्छ । विभिन्न वैज्ञानिक अध्ययनले कार्यस्थलमा सामाजिक सम्बन्ध र कर्मचारी मनोवृत्तिको महत्त्वलाई उजागर गर्‍यो । अनुसन्धान र व्यवस्थापनमा मानव सम्बन्धको आवश्यकताको बोध गरायोे । कार्यस्थलका मुद्दाहरूमा कामदारको मनोवृत्ति सर्वेक्षण र संरचित अन्तर्वार्तालाई अनुसन्धान उपकरणका रूपमा प्रयोगमा ल्याउन थालियो । यसरी विभिन्न चरण पार गर्दै संगठनात्मक मनोविज्ञानको महत्त्व बुझ्दै जान थालियो । आज विश्वका ठूलाठूला उद्योगमा यसको अध्ययन अपरिहार्य हुँदै जान थालेको छ । तथापि नेपालमा अझै पनि यसको आवश्यकताका  बारेमा अनुभूतिसम्म हुन छैन । विश्वका सबैभन्दा ठूला कम्पनीहरू जस्तै : फोर्ड मोटर, डिसने वल्र्ड, पेप्सी, टोयोटा, जेरोक्स कोओपरेशन, युनाइटेड एरलाइन्सका साथै विश्वका सबै ठूला मोबाइल कम्पनीले संगठनात्मक मनोविज्ञानको महत्त्व बुझी त्यसैअनुसार आफूलाई ढालेका छन् । औद्योगिक र संगठनात्मक मनोवैज्ञानिकहरू सामान्यतया संगठनहरूका लागि प्रदर्शन–मूल्याङ्कन प्रणालीहरू डिजाइन गर्न संलग्न हुन्छन् । यी प्रणाली प्रत्येक कर्मचारीले सन्तोषजनक रूपमा प्रदर्शन गरिरहेका छन् कि छैनन् भनेर मूल्याङ्कन गर्न डिजाइन गरिएको हुन्छ । औद्योगिक र संगठनात्मक मनोवैज्ञानिकहरूले अध्ययन, अनुसन्धान र कार्यमूल्याङ्कनलाई सकेसम्म निष्पक्ष र सकारात्मक बनाउने तरीका लागू गर्छन् । तिनीहरू कार्यसम्पादन मूल्याङ्कनमा संलग्न व्यक्तित्व घटाउन पनि काम गर्छन् । उचित मूल्याङ्कन गरिएमा कर्मचारीहरूलाई काम राम्रोसँग गर्न मद्दत गर्छ । मानिसलाई उनीहरूको प्रतिभा सही काममा लगाउने सम्भावनालाई सुधार गर्छ । निष्पक्षता कायम राख्छ र कम्पनी र व्यक्तिगत प्रशिक्षणको आवश्यकता पहिचान गर्छ । यसलाई ध्यानमा राख्दै अधिकांश औद्योगिक–संगठनात्मक मनोवैज्ञानिकहरू यी ६ प्रमुख विषय क्षेत्रमध्ये एकमा काम गर्छन् : प्रशिक्षण र विकास, कर्मचारी छनोट, एर्गोनोमिक्स, प्रदर्शन व्यवस्थापन, काम र जीवनको सन्तुलन र संगठनात्मक विकास । विश्वव्यापीकरण आजको कार्य वातावरणमा भइरहेको सबैभन्दा महत्त्वपूर्ण परिवर्तन हो । यसले देशहरू बीचको आर्थिक अन्तरनिर्भरतालाई जनाउँछ, जुन वस्तु,  सेवा, पूँजी, ज्ञान र मानिसहरूको अन्तरराष्ट्रिय प्रवाहमार्फत विकास हुन्छ । विश्वव्यापीकरणको यस युगमा संगठनात्मक र मानवीय पक्षहरूमा झन् बढी ध्यान दिनु परेकाले औद्योगिक–संगठनात्मक मनोवैज्ञानिक अध्ययन र अनुसन्धानको विषय व्यापक बदै गएको छ । भूमण्डलीकरणका शक्तिहरूले हामी सबैलाई अलिकति नजिक ल्याएको छ । दैनिक सीमापार गर्ने वस्तु, सेवा, डाटा र ज्ञानको मात्रा दिनानुदिन आश्चर्यजनक रूपले अघि बढिरहेका छन् । हामीले सेवा गर्ने र अध्ययन गर्ने संस्थाहरू अन्तरराष्ट्रिय रूपमै धेरै भएका छन् । तर, हामीले अझै गति लिन सकेका छैनौं हामीले अझै औद्योगिक संगठनात्मक मनोविज्ञानको महत्त्वलाई बुझ्न सकेका छैनौं । धेरै स्नातकोत्तर प्रशिक्षण कार्यक्रमहरू व्यवस्थित रूपमा विकसित हुन सकेको छैन, जसले आफ्ना विद्यार्थीहरूलाई सफल अनुसन्धान र परामर्श करियरका लागि तयार गर्न सकोस् । अन्त्यमा संगठनात्मक मनोविज्ञानको महत्त्वलाई अंगीकार गरी देशमा रहेका ठूलाठूला उद्योग, कलकारखाना, अस्पताल, युनिभर्सिटीलगायत सबै ठूला स्कूल र कलेजले यसको अपरिहार्यतालाई मनन गर्नु टड्कारो आवश्यकअता हो भन्दा कुनै अत्युक्ति नहोला । लेखक विभिन्न कलेजहरूमा अध्यापन गर्छन् ।

पेप्सी र कोकाकोलालाई पर्यावरण मुआब्जा बापत २५ करोड भारु जरिवाना

फागुन २४, नयाँदिल्ली(भारत) । भारतका दुई ठूला बहुराष्ट्रिय बोटलिंग कम्पनीलाई त्यहाँको एउटा नियामकले २५ करोड भारतीय  रुपया(भारु) जरिवाना गरेको छ । नेशनल हरित अधिकरण(एनजीटी) ले पेप्सी र कोकाकोला इन्डियालाई  उक्त रकम जरिवाना गरेको हो । एनजीटीले  ती कम्पनीका म्यानुफ्याक्चरिंग प्लान्टले अवैध तरिकाले जमीनको पानी निकालेको  भन्दै जरिवाना गरेको हो । एनजीटीले ती बहुराष्ट्रिय कम्पनीविरुद्ध अवैध तरिकाले पानी निकालेको भन्दै पर्यावरण मुआब्जा बापत जरिवाना गरेको हो । एनजीटीले कोकाकोलाको निर्माता तथा बोटलिंग कम्पनी मून वेबरेज तथा  पेप्सीको निर्माता तथा बोटलिंग कम्पनी बरुण वेबरेज लिमिटेडले लाइसेन्स शर्त उल्लंघन तथा भूमिगत पानी दोहन र भूमिगत पानी रिचार्ज गर्नका लागि कुनै पनि प्रकारको उपाय अबलम्वन नगरेको अनुसन्धानका क्रममा खुलेको बताएको छ । कोकाकोला बनाउने कम्पनी मून वेबरेजको ग्रेटर नोयडास्थित प्लान्टलाई १ करोड ८५ लाख भारु,साहिबाबादस्थित प्लान्टलाई १३ करोड २४ लाख भारु र बरुण वेबरेजको ग्रेटर नोयडास्थित प्लान्टलाई ९ करोड ७१ लाख भारु जरिवाना गरिएको छ । एनजीटीका अध्यक्ष आदर्श कुमार गोयलले ती कम्पनीलाई भूमिगत पानी रिचार्ज गर्ने उपायलाई कडा रुपमा अबलम्वन गर्न पनि निर्देशन दिएको बताए । एजेन्सीहरु

कोकाकोला र पेप्सी कम्पनीलाई पूर्वावस्थामा फर्कन कठिन

एजेन्सी। दुई ठूला सफ्टड्रिङ्क कम्पनी कोकाकोला र पेप्सीलाई आर्थिक वर्ष २०२१/२२ मा महामारीभन्दा अघिको समयमा फर्कन असम्भवजस्तै भएको छ। यसको प्रमुख कारण कोरोनाको दोस्रो लहर हो। क्रिसिल रेटिङले शुक्रबार सार्वजनिक गरेको रिपोर्टमा २०२०/२१ को गर्मीयाममा भारतमा लकडाउनका कारण दुवै कम्पनीको आय २० प्रतिशत कम भएको थियो। संसारका अधिकांश मुलुक पुगेका कोकाकोला र पेप्सी दुवै अमेरिकी कम्पनी हुन्।