सुदूरपश्चिम प्रदेशको खर्च ७६ अर्ब २२ करोड

आर्थिक वर्ष ०७४/७५ देखि ०७८/७९ को अवधिसम्म सुदूरपश्चिम प्रदेश सरकारले ७६ अर्ब २२ करोड ६८ लाख खर्च गरेको छ । त्यस अवधिमा वार्षिक कार्यक्रममार्फत कुल १ खर्ब २० अर्ब ३६ करोड ६८ लाखको बजेट पेस गरेको थियो । तर प्रदेश सरकारको पुँजीगत खर्च भने बर्सेनि घट्दो क्रममा छ । त्यस तुलनामा चालु खर्च भने बर्सेनि बढेको बढ्यै छ ।