माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी आयोजनामा खोजी तीव्र, रसुवामा २ हजार ५६४ अझै सम्पर्कविहीन

भोटेकोशीमा आएको विनाशकारी बाढीपछि रसुवाका विभिन्न जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा फसेका तथा सम्पर्कविहीन व्यक्तिको खोज तथा उद्धार तीव्र पारिएको छ। माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनालाई केन्द्रमा राखेर नेपाली सुरक्षाकर्मीसहित विदेशी विज्ञ टोलीसमेत खोजीमा परिचालन भएका छन्। रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसँगै चीन, […]